बिहिबार, ११ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २३ वैशाख २०८२

तराईका बजारमा विषादीयुक्त तरकारी छ्या‍पछ्याप्ती

https://jawaaf.com/storage/01JTJN1NBT2JH41W2F9A6MHEYB.jpg

धरान । मङ्गलवार धरान उपमहानगरपालिकामा २४ क्विन्टल भन्दा बढी तौलको काउली (फूलगोभी) नष्ट गरियो ।  जाँच गरिएको काउलीमा ९७.४ प्रतिशत  विषादीरहेको थियो ।

धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गर्दा विषादीको मात्रा अत्यधिक देखिएकाले तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए ।

नजिकै रहेको इटहरी उपमहानगरपालिको बजार अनुगमनका क्रममा पनि अखाद्य सामग्री प्रशस्तै भेटिने गरेको उपमहानगरपालिका स्रोत बताउँछ । स्रोतका अनुसार त्यस्ता सामग्रीलाई तत्काल नष्ट गर्ने गरिएको छ ।

यी लगायत तराइका बजारहरूमा विषादी मिसिएका तरकारीहरूको प्रयोग नगरिकले प्रत्येक दिनजसो प्रयोग गरिरहेका हुन्छन् । धरानमा परीक्षण गरिने प्रयोगशालाको पछिल्लो विवरणअनुसार नै अन्य तरकारीहरूमा धेरै मात्रामा विषादी भेटिएको छ । 

त्यहाँ गरिएको परीक्षणमा सादा सिमीमा ७.४४ प्रतिशत, गाँजरमा १०.११ प्रतिशत,प्रतिशत, गोलभेंडाः २५.२१ प्रतिशत, काउली(बन्दाकोबी) २९.६९ प्रतिशत, घिरौँलामा ३०.७८ प्रतिशतसम्म विषादी भेटाएको छ ।

यो तथ्यांकअनुसार पनि मानिसको भान्सामा कति विषादी पुग्छ भन्ने यकिन अवस्था छैन । जनस्वास्थ्यका जानकारहरूका अनुसार नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने जो केहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।

धरानको प्रयोगशालाले ३५ प्रतिशत भन्दा कम विषादी भएको तरकारीलाई उपभोग योग्य, ३५–४५ प्रतिशत सम्मकोलाई केही दिन राखेर खान मिल्ने, तर ४५ प्रतिशतभन्दा बढी भएमा पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्ड अनुसार परीक्षण गर्दै आएको प्रयोगशालाका नायब प्राविधिक सहायक रुपेश रिजालले जनाएका छन् ।

उनका अनुसार नेपालभरका थोक कृषि बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहको विषादी मात्र परीक्षण हुँदै आएको छ । स्थानीहरुले भारतबाट आउने तराकारीहरुको समेत परीक्षण गरेर कडाइ गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png