बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २८ वैशाख २०८१

तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

https://jawaaf.com/storage/01HXGGAVS4HTJFZGJPZZ3JGK57.jpg

काठमाडौँ  I स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई  हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ । यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png