बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०१ जेठ २०८२

‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई

https://jawaaf.com/storage/01JV9ZBGBRQV40GZJBR25E16PX.jpg

काठमाडौँ ।  गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किरात समूदायको पीतापूर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किरात समूदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको  गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन् ।

सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतको भिडियो छायाँकन गंगाराम राईले गरेका छन् ।  भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन् ।

भिडियो सम्पादन जोन राईले गरेका छन् । गीतको भिडियोमा जोन राई र मनिसा राईको अभिनय देख्न सकिन्छ । किरात समुदायभित्र विभिन्न भाषिक समुदायहरु रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरु रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले वताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png