बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ०२ जेठ २०८२

लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ

https://jawaaf.com/storage/01JVBETNMPM19DKS88HHDR9321.jpg

हेटौँडा । लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ ।  बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Pathiara_adv.gif 586.81 KB

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षाजाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरुलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png