बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, १० जेठ २०८२

प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

https://jawaaf.com/storage/01JW09BXH2EGRACAF6DC1ATT8T.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन् ।  शुक्रवार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन् ।

प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्री ज्यूलाई मानसिक अस्पतालमा जचाउन म सल्लाह दिन चाहन्छु ।’

उनले माओवादीले प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए ।

‘हामीले राजावादीहरूका विरुद्ध, प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरूको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौ । उनीहरूप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरूको राजावादीहरूको, निरङकुसतावादीहरूको भन्डाफोर गरिदिदाँ सरकारले थोरै भएपनि राहत महसुस गर्यो,’उनले भने ।

उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png