बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २८ वैशाख २०८१

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

https://jawaaf.com/storage/01HXH6C26BRTD34SJ9JRYTBCKB.jpg

काठमाडौं I प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गर्नुभएको थियो । 

दोस्रो बैठक आरम्भ हुनासाथ  कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिनुभयो । सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट गर्नुभयो ।  विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मङ्गलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।

सम्बन्धित खबर

/frontend/images/redline.png