बुधबार, १० असार २०८३

/frontend/images/redline.png
कमल प्रभात विक
कमल प्रभात विक
प्रकाशित मितिः आइतबार, १८ जेठ २०८२

पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

https://jawaaf.com/storage/01JWMYETCX5D7E9X6HFDQXB7C6.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । यातायात व्यवसायीहरुले आइतबार बिहानैदेखी सडकमा सवारी साधन चल्न दिएका छैनन् । आन्दोलन कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् । 

गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् ।  गत शुक्रबार देखि आन्दोलरत रहेका यातायात व्यवसायीहरुले माग पुरा नभए १९ गते देखि देशभर यातायात बन्द गर्ने बताउदै आएका छन् । पोखरामा बन्दको प्रभाव परेको देखिन्छ  । 

सम्बन्धित खबर

/frontend/images/redline.png