मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १९ जेठ २०८२

प्रथम यू–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि कोशीको पहिलो जित

https://jawaaf.com/storage/01JWR4M8ZAZBQWBYNZM2ZTVJ3D.jpg

सुर्खेत । नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टीबी)  शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उदघाटन खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले  पहिलो प्रतियोगिताको  पहिलो खेलमै पहिलो जित निकाल्दै रेकर्ड बनाएको हो ।

टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।

सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा  विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।

कोशीका लागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।

बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए।  १ सइ २ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।

२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले  ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे । 

अहिले घरेलु टोली कर्णाली र पाहुना टोली मधेश प्रदेशबीचको खेल कालुचोक मैदानमा जारी रहेको छ । टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो । मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए भने त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png