बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, १९ जेठ २०८२

वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार

https://jawaaf.com/storage/01JWR7GNF3SZM7AQGYYT9A607E.webp

मुगु । जुम्लाका वडाध्यक्ष ललित बहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । सोही गाउँपालिका–४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो । यो घटना जेठ १८ गतेको हो । 

चक्कु प्रहारबाट घाइते भएका ४२ बर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए । उनले भने, ‘पीडितले तीन जनाको नाम दिनु भएको छ ।’

तीनजना मध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको हो । अन्य व्यक्तिलाई खोजी कार्य भइरहेको छ । घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समुहका छन् । प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन् ।

त्यस्तैगरी सोही गाउँपालिका–३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङगा प्रहार भएको प्रहरीले जनाएको छ । 

वडाध्यक्ष शाहीले भने, ‘म माथि ढुङगा मुक्का प्रहार भएको हो । तर मेरो टाउकोमा हेल्मेट भएकाले त्यति चोटपटक लागेन । ५ नम्बर वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ । अहिले हामी अस्पतालमै उपचारमा छौँ ।’

सम्बन्धित खबर

/frontend/images/redline.png