बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २२ जेठ २०८२

सदन अवरोध खोल्न माओवादीले विपक्षी दलसँग छलफल गर्ने

https://jawaaf.com/storage/01JWZBSG9WCDDCZDAZMB9CGDD4.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ । मुख्य चाही छानबिन हो । व्यक्ति विशेषमा हाम्रो ध्यान छैन् । तर मुख्य कुरा छानबिनकै हो भन्ने छ । अब यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने छ । आज कुराकानी हुन्छ । यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष निकालेको छ।’

माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ । 

सम्बन्धित खबर

/frontend/images/redline.png