बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २२ जेठ २०८२

सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि सन्तमणि राईद्वारा आर्थिक सहयोग

https://jawaaf.com/storage/01JX04299X5JXF6J8BX1FJWS1N.jpg
सहयोग दाता : सन्तमणि राई र श्रीमती कुमारी राई

धरान, सुनसरी । धरान-२० स्थित चिण्डेडाँडामा निर्माणहुने सुम्निमा पारुहाङ प्रतिमाका लागि भूतपूर्व ब्रिटिस गोर्खा आर्मी सन्तमणि राईले २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

केपिलासगढी गाउँपालिका वडा नं. २ (साविक खार्ताम्छा – ६) स्थायी घर भई हाल इटहरी - २०, सुनसरीमा बस्नुहुने राईले आफ्ना कान्छा छोरा नविन राईमार्फत बिहीबार धरान - १८ स्थित ग्रीन टीहाउसमा सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालका कोषाध्यक्ष दत्त लिम्बुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

Pathivara.gif 82.25 KB

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नविन राईले, "सृष्टिकर्ता सुम्निमा र पारुहाङको प्रतिमा निर्माण हुँदा हाम्रो परिवारले सकेको आर्थिक सहयोग गरेको हो I  बाबा सन्तमणि राई र आमा कुमारी राईको तर्फबाट प्राप्त यो सहयोग रकमले प्रतिमा  निर्माण कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।"

Bantawa Hardware.gif 828.52 KB

नविन राईले थप्नुभयो, "यस्तै सहयोगहरूबाट प्रतिमा निर्माण हुने र धरानको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास हामीले लिएका छौँ। धरानको धार्मिक, सांस्कृतिक विकास जस्तो पवित्र कार्यमा हाम्रो परिवारले सकेको आर्थिक योगदान गर्न पाउनु खुसीको कुरा हो ।"

ad_news_shatyashisu.gif 688.4 KB

यो निर्माण कार्यले आउने सबै सन्ततिहरूका लागि आफ्नो सभ्यता, भाषा र धर्मको संरक्षण गर्ने प्रेरणा मिलोस् भन्ने हाम्रो परिवारले आशा राखेको छ। उहाँहरूका अनुसार, यो स्थान भावी पुस्तालाई सही जानकारी दिन सक्ने एक धार्मिक र सांस्कृतिक स्थल बन्नुका साथै इतिहास, संस्कृति र पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि विश्वास व्यक्त गर्नुभयो।

सन्तमणि राईको परिवार  तर्फबाट सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाललाई यस पवित्र कार्यको सफल सम्पन्नताका लागि शुभकामना समेत व्यक्त गरेका थिए।

सम्बन्धित खबर

/frontend/images/redline.png