बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २३ जेठ २०८२

एकता, परिश्रम र आत्मनिर्भरता नै राष्ट्र विकासको मूल आधार : मेयर साम्पाङ

https://jawaaf.com/storage/01JX2VQPAG5TA5YPDQ6KS8AW94.jpeg

धनकुटा । श्रमदान अभियानका अभियन्ता तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज धनकुटाको टुँडिखेलमा आयोजित "हर्क साम्पाङ अ रिभोलुसन" टिम धनकुटा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकता, अथक परिश्रम र पूर्ण आत्मनिर्भरता नै नेपालको समग्र विकास र प्रगतिका लागि अपरिहार्य आधारशिला रहेको बताएका छन्। उनले यी तीन आधारभूत स्तम्भबिना समृद्ध नेपालको परिकल्पना अधुरो रहने स्पष्ट पारे।

साम्पाङले आफ्नो भाषणको सुरुवात  कविता वाचनबाट गरेका थिए । उनले भौतिक सम्पन्नताभन्दा नैतिकता र असल चरित्रको महत्त्व छ भन्दै मानिसहरूलाई सच्चा 'मानव' बन्न र आपसी एकताको भावनालाई बलियो बनाउन आग्रह गरे। "मानवता नै सबैभन्दा ठूलो धर्म हो र यसैको जगमा मात्र सामाजिक सद्‍भाव र प्रगति सम्भव छ," उनले भने।

Bantawa Hardware.gif 828.52 KB

प्रमुख साम्पाङले आफ्नो धनकुटा यात्रालाई व्यक्तिगत स्वार्थ नभई मानवीय अभियानको एक हिस्सा भएको स्पष्ट पारे। उनले राष्ट्रिय एकताको आवश्यकतालाई विशेष जोड दिँदै देश निर्माणका लागि हरेक नागरिकमा कडा परिश्रम र आत्मनिर्भरताको भावना जगाउनुपर्नेमा जोड दिए। वर्तमानमा विदेश पलायन हुने युवा शक्ति बढिरहेको उल्लेख गर्दै उनले देशमै पसिना बगाउने संस्कृति विकास गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै उनले समाजमा व्याप्त अन्याय, भ्रष्टाचार र विकृति विरुद्ध निर्भीक भएर आवाज उठाउन पनि सबैलाई आग्रह गरेकाथिए । प्रमुख साम्पाङले  पारदर्शिता र जवाफदेहिताका लागि नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताए।

ad_news_shatyashisu.gif 688.4 KB

सम्बन्धित खबर

/frontend/images/redline.png