मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२

आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

https://jawaaf.com/storage/01JX6PKBZBXK6KZJR6XMX7CT0M.jpg

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।  आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्दैछ । 

यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो । 

१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।

स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png