बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२

नेपाल आदिवासी जनजाति महासंघ, धरान नगरको नेतृत्वमा हेमराज जिमि याक्खा विजयी

https://jawaaf.com/storage/01JX7H29JGXM2GNJG6NR84CQGD.jpeg

धरान, जेठ २५ । नेपाल आदिवासी जनजाति महासंघ धरान नगरको नयाँ कार्यसमिति हेमराज जिमि याक्खाको अध्यक्षतामा चयन भएको छ। धरान–१६ स्थित याक्खा छुम्माको केन्द्रीय कार्यालयमा जेष्ठ २४ गते शनिवार सम्पन्न निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चुनिएको हो ।

Pathiara_adv.gif 586.81 KB

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा याक्खा समुदायका हेमराज जिमि र नेवा देय दबुका मनोहर शाक्यबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। निर्वाचन मण्डलका तेन्जिङ शेर्पाका अनुसार, जिमिले ७ मत प्राप्त गरी शाक्यलाई १ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरे। शाक्यले ६ मत प्राप्त गरेका थिए । 

सहसचिव पदका लागि भएको प्रतिस्पर्धामा लेखमान सुब्बा ९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वीहरू नाम्जा भोटेले ७ मत, अमन माझीले ५ मत, र पुहुपलाल उराँवले ४ मत प्राप्त गरेका थिए ।

Bantawa Hardware.gif 828.52 KB

अन्य महत्त्वपूर्ण पदहरूमा भने सर्वसम्मत रूपमा पदाधिकारीहरू चयन भएका छन् । महिला उपाध्यक्षमा विष्णु गुरुङ र सीता राई, पुरुष उपाध्यक्षमा सम्फर तामाङ र केशब भुजेल, सचिवमा कर्ण सुनुवार, सहसचिवमा रिता मगर, र कोषाध्यक्षमा गोमछिरी शेर्पा (तिखे) निर्विरोध निर्वाचित भएका छन् ।

ad_news_shatyashisu.gif 688.4 KB

नवनिर्वाचित उपाध्यक्ष सीता राईले दिएको जानकारीअनुसार, नेपाल आदिवासी जनजाति महासंघमा हाल ५९ जातीय संस्था आबद्ध छन् । नयाँ विधान अनुसार, महासंघको कार्यसमितिमा एक अध्यक्ष, चार उपाध्यक्ष (दुई महिला, दुई पुरुष), एक सचिव, र चार सहसचिव रहने व्यवस्था गरिएको छ। धरानमा हाल १३ जातीय संस्थाहरू सूचीकृत छन् भने बाँकी सदस्यहरू उराँव र माझि लगायतबाट चयन प्रक्रिया अगाडि बढाइने योजना रहेको जानकारी उनले गराएकी छिन् । 

सम्बन्धित खबर

/frontend/images/redline.png