मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २७ जेठ २०८२

आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

https://jawaaf.com/storage/01JXBWPDQXXRD8A2VS9QXX9ZWS.png

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ । आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो । 

सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो । 

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । लिग टु का खेलहरु सकिएपछि असार १ गते यीनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png