जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक असार ६ र ७ गते बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् बैठक यही असार ६ र ७ गते ललितपुरको च्यासलस्थित ज्यापु समाज भवनमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, प्रादेशिक निकायका पदाधिकारीहरू, राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू तथा मनोनीत संघीय परिषद् सदस्यहरूको उपस्थिति रहनेछ।
संघीय परिषद्को बैठकबारे जानकारी गराउँदै पार्टीले आज एक सूचना सार्वजनिक गर्दै सम्पूर्ण सम्बन्धित सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ। बैठकमा अनुपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने पनि पार्टीले जारी गरेको सूचनामा उल्लेख छ।
बैठकको पहिलो दिन असार ६ गते बिहान १० बजेबाट सुरु हुनेछ भने दोस्रो दिन असार ७ गते बिहान ८ बजेदेखि बैठक अगाडि बढ्ने जानकारी गराइएको छ।
सम्बन्धित खबर