बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०२ असार २०८२

इरानले इजरायलमाथि बदला स्वरूप नयाँ हवाई आक्रमण

https://jawaaf.com/storage/01JXVC1C83JF6P13MYG5QMKTQ8.jpg

काठमाडौँ । इरानले आइतवार राति इजरायलमाथि बदलास्वरूप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा दुई जना घाइते भएका छन् । इजरायलले आफ्ना युद्धक विमानहरूले पश्चिमी इरानमा मिसाइल प्रक्षेपणकर्ताहरूलाई लक्षित गरी हवाई आक्रमणको नयाँ लहर सुरु गरेको घोषणा गरेको केही समयपछि यो आक्रमण भएको हो ।

इजरायली सेनाका अनुसार उत्तरी, दक्षिणी र मध्य इजरायलका साथै कब्जा गरिएको गोलान हाइट्सका धेरै क्षेत्रहरूमा हवाई चेतावनी साइरनहरू सक्रिय पारिएका थिए । जसका कारण तेल अभिभ र अन्य शहरहरूमा ठूलो विस्फोट सुनिएको थियो ।

चाइना मिडिया ग्रुपका रिपोर्टर झाओ बिंगका अनुसार, इजरायल रक्षा बलले स्थानीय समय अनुसार लगभग २०ः०० बजे इरानबाट मिसाइल आक्रमणको लागि अलर्ट जारी गरेको थियो, र जेरुसेलम र मध्य इजरायलमा हवाई रक्षा साइरन बजाइएको थियो ।

शुक्रवार इरानभरि आणविक सुविधाहरूलाई लक्षित गरी इजरायलले गरेको घातक आक्रमणपछि हालको तनाव बढेको हो । उक्त आक्रमणमा इरानका दर्जनौँ वरिष्ठ सैन्य अधिकारीहरू, आणविक वैज्ञानिकहरू र नागरिकहरू मारिएका थिए र बदला लिने क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू भएका थिए जसमा इजरायलमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुसेन करमानपुरले आइतवार भने कि विगत ६५ घण्टामा इजरायली हवाई आक्रमणमा २४४ जनाको मृत्यु भएको छ र ९० प्रतिशतभन्दा बढी हताहत सर्वसाधारण नागरिकहरू रहेको बताएका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png