बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ०३ असार २०८२

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

https://jawaaf.com/storage/01JXYBBAV9ASDZNBX7VX7SPWYJ.avif

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो । 

सम्बन्धित खबर

/frontend/images/redline.png