बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०४ असार २०८२

भिजिट भिसाबारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएकाछन्

https://jawaaf.com/storage/01JY1MBHS7QD54JQWC1YKFQ35Q.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्री रमेश लेखकले संसद्को भिजिट भिसा प्रकरणका पीडितलाई धम्कीदिएको भन्दै आपत्तिजनाएको छ ।  गृहमन्त्री लेखकले रास्वपाले नक्कलीपीडितहरू खडाजाहेरी दर्ता गराई नियोजितढंगले आफ्नो विरुद्धषड्यन्त्र गरेको आरोप लगाएकाथिए । 

२ हजार भन्दा धेरै पीडित नेपाली नागरिक रास्वपाको सम्पर्कमा आएको भन्दै प्रवक्ता मनिषझाले त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाणलिएर पार्टी कार्यालयमा आएको बताए ।

उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यासभएको उनले प्रस्ट्याए । 

‘भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो। त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएकाहौ। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो।’उनले भने

रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको समेत उनले बताए । 

उनले भने,‘रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खलामानेको छ। सांसद सुमना श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ। यस प्रकारको ब्याहार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन। तथापि, पार्टीमा आबद्ध कोहीब्यक्तीभएनभएको बारे सत्य तथ्य पत्तालगाउन प्रा.डा. माननीय चन्दा कार्की भण्डारीको संयोजकत्वमा बनेको यस समितिमा वरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमिरे र पूर्व सदस्य रहनुभएको छ।’

सम्बन्धित खबर

/frontend/images/redline.png