मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०७ असार २०८२

कोशी प्रदेश स्तरीय ओपन बास्केटबल: सुनसरी र इलामबीच फाइनल प्रतिस्पर्धा

https://jawaaf.com/storage/01JY99TRM5VTBNA7K0VT37SZVV.jpg

धरान    धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिबार आज  सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। सुनसरीले खेलको प्रत्येक क्वार्टरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई ब्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बूले ट्रफी प्रदान गरे।

त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकले पराजित गर्दै फाइनल प्रवेश पक्का गर्‍यो। खेलको क्वार्टर अनुसार इलाम र भोजपुरले क्रमशः १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए। खेलमा प्रभावशाली प्रदर्शन गरेका इलामका मनिष तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफी प्रदान गरे।

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुंगा र धनकुटा गरी आठ जिल्लाका टिमहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेता टिमले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ‘धरान मेघा एमभीपी – मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधिसहित नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
असार ५ गते बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार, डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुने  छ।

सम्बन्धित खबर

/frontend/images/redline.png