बुधबार, १० असार २०८३

/frontend/images/redline.png
धनराज राई
धनराज राई
प्रकाशित मितिः शुक्रबार, १३ असार २०८२

पत्रकार हिमाल राईको स्मृतिमा अक्षयकोष स्थापना

https://jawaaf.com/storage/01JYRRBZVKPWH7C9SWQ2KR3SJP.jpeg

बराहक्षेत्र, सुनसरी। स्वर्गीय पत्रकार हिमाल राईको स्मृतिमा उनकी धर्मपत्नी पर्वता तुम्बाहाम्फे राईले दुई लाख पाँच रुपैयाँको 'हिमाल राई स्मृति पुरस्कार अक्षयकोष' स्थापना गरेकी छन्। आज शुक्रवार बराहक्षेत्र नगरपालिका-२ स्थित आफ्नै निवासमा आयोजित एक कार्यक्रमका बीच उनले उक्त अक्षयकोष घोषणा गर्दै सो रकम फोनिज सुनसरीका कोषाध्यक्ष स्वर्णिम राईलाई हस्तान्तरण गर्नुभएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरी शाखाले यस कोषलाई वार्षिक रूपमा सञ्चालन गर्नेछ। फोनिजको विधान र दाताको उद्देश्यअनुसार कोषबाट प्राप्त हुने रकम पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई पुरस्कृत गर्न प्रयोग गरिनेछ।

Pathiara_adv.gif 586.81 KB

कार्यक्रममा फोनिज सुनसरीले स्वर्गीय पत्रकार राईकी धर्मपत्नी पर्वता तुम्बाहाम्फे राई र उनको परिवारप्रति विशेष धन्यवाद ज्ञापन गरेको थियो। यस अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, अग्रज पत्रकार जनक ऋषि राई, फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरी र जिल्ला सचिव प्रमिला राई लगायतले स्वर्गीय राईको पत्रकारिताप्रतिको योगदानको चर्चा गर्दै दाता परिवारलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा फोनिज सुनसरीका सदस्य सन्तोष गुप्ता, सदस्यहरू बुद्धहाङ लिम्बू, स्मारिका राई, सचिन राई, किरात राई यायोक्खा बराहक्षेत्र नगर समितिका कोषाध्यक्ष तथा किरात राई बान्तावा खिम बराहक्षेत्र नगर उपाध्यक्ष चिना राई लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थायी घर भई दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता पेशामा सक्रिय पत्रकार हिमाल राईको २०८२ वैशाख १४ गते निधन भएको थियो। स्वर्गीय राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीका उपाध्यक्षसमेत थिए। उनले आफ्नो पत्रकारिता यात्रामा सधैँ सत्य-तथ्य खबरहरूलाई निडर भएर बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सम्बन्धित खबर

/frontend/images/redline.png