बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २१ असार २०८२

राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो : बिमलेन्द्र निधि

https://jawaaf.com/storage/01JZD54FNDZSJSR02SYA6RXVWF.jpg

जनकपुर । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय भवन निर्माणमा एमालेका प्रतिनिधिहरूले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

शनिवार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए ।

राजर्षि विश्वविद्यालय स्थापनको प्रयास भइरहेको समयमा केन्द्रीय एमालेका नेताहरूले अवरोध नगरोस भनेर धनुषाका एमालेका प्रतिनिधिहरूले कांग्रेसलाई समर्थन गर्न काठमान्डौ पुगेको नेता निधिले जानकारी दिए ।

उनले स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरूले सहयोग गरेको बताए । तर अब उल्टै एमालेका क्षेत्र नं.३ र ४ का प्रतिनिधिहरूलेनै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाएका छन् ।

धनुषाको नगराईन नगरपालिकामासमेत एमालेका नेता तथा प्रतिनिधिहरूले बजेट पास गर्न नदिइरहेको नेता निधिले बताए । मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरूले माग गरेको उनले जानकारी दिए ।

सक्ता गठबन्धनमा एमाले र कांग्रेस सँगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगेको नेता निधिको आरोप छ । सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए ।

नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाएरै छोड्ने जानकारी दिए । त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिबद्धता जाहेर गरे ।  

सम्बन्धित खबर

/frontend/images/redline.png