बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २१ असार २०८२

कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने

https://jawaaf.com/storage/01JZDD6638MXHC2GY6HJ7CCVSS.jpg

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

शनिवार सभामुखसँग बसेको प्रमुख सचेतकहरूको छलफलले विशेष छानबिन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरू नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।

‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरू नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरू लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा त्रुटि भएको भन्ने कुरालाई संसदीय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारीत चै २३ गतेको संसद बैठकबाट हुन्छ,’उनले भने ।

सम्बन्धित खबर

/frontend/images/redline.png