अब हुम्ला राष्ट्रिय र अन्ताराष्ट्रिय रूपमा टाढा छैन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शीर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुसीभएको बताएकाछन् ।
राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबै भन्दा बढि खुसी म आफै छु’, प्रधानमन्त्री ओलीले भने, ’यो सफलता हासिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’
सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हुम्लाका राजनीतिक दलहरूको संयुक्त ज्ञापनपत्र र ज्ञवाली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याए पछि यो कामले औपचारिकता पाएको बताउनु भएका ओलीले सरकारको प्रस्तावलाई पनि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफलभएको बताउदैँ अब हुम्ला विकासको बाटो खुलेको प्रतिक्रिया दिए।
हुम्ला राष्ट्रिय सडक सञ्जालमामात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो समेत औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटन कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ’हुम्ला अब उत्तर दक्षिणमार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ ।
आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको बताउनु भएका प्रधानमन्त्री ओलीले सुरुवातीमा आफूले पहल गर्नुका साथै अहिले आएर राष्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठूलो रहेको भनाइ राखेका थिए ।
४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवनकाटेर गाडीपास गराएपछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै २६ वर्ष देखि सडक सपनामा बिताएको सदरमुकाम सिमकोट आज देखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद् बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तर्गतको खार्पु खोलामा निर्माणाधिन मोटरेवलपुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालीन रूपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेली-ब्रिजको विकल्प अघि सारेको थियो ।
खार्पु नदीमा निर्माणभएको पुल उद्घाटनगर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा टाढानभएको बताए ।
सम्बन्धित खबर