बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२

भोजपुर हत्याकाण्ड : मृतकको शव पोस्टमार्टमका लागि धरान ल्याइयो

https://jawaaf.com/storage/01JZKRQ26NH7P80ZBY55D0FE62.jpeg

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परीक्षणका लागि आवश्यक उपकरण नभएपछि शव धरान पठाइएको हो ।

शनिवार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीय श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए ।

तिमिल्सिनाकाका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको देखिएको छ । हत्या स्वीकार गरेका राजेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रहरीको निगरानीमा उपचार भइरहेको उनले बताए ।

‘विरामीको उपचार र शवको पोस्टमार्टमपछि थप खुल्न सक्छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको छ,’उनले भने ।

राजेन्द्रको शरीरका केही भागमा चोट देखिएकाले प्रहरीको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छोरीलाई माइतीमै राखेको विषयमा विवाद भएपछि राईले आक्रोशमा हत्या गरेको देखिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png