बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२

नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

https://jawaaf.com/storage/01JZMG9D0H7PCCK7YTBEE6MC67.jpg

काठमाडौं । सर्वोच्च अदालतमा तीन न्यायाधीशले शपथ लिएका छन् । मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले शपथ ग्रहण गरेका हुन् । सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।

मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमवार अनुमोदन गरिएका उनीहरुलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए ।

शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायाधीशहरू जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए । उनले थप उर्जाका साथ छिटोछरितो रूपले काम गर्ने पनि विश्वास व्यक्त गरे ।

‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै ऊर्जावान् न्यायाधीशहरूलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’

सम्बन्धित खबर

/frontend/images/redline.png