बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ३० असार २०८२

टिकटकमा गाली गलौज गर्ने जनकपुरकी ‘रोशनीजी’ भन्ने खातुन पक्राउ

https://jawaaf.com/storage/01K03E85Y1AJN9VHNCH4W549KR.jpg

जनकपुर । सामाजिक संजाल टिकटक मार्फत सार्वजनिक रुपमा अश्लील शब्द र गाली गलौज गर्ने एक युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका–२४ की करिब २० वर्षीया रोशनी खातुन रहेकी छन् । सामाजिक सञ्जाल टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोपमा टिकटकर खातुनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार खातुनले टिकटकमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पु¥याउने किसिमको रहेको छ ।

खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने जिल्ला अदालतबाट म्याद थप गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ  ।

सम्बन्धित खबर

/frontend/images/redline.png