बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, ३१ असार २०८२

कालीकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

https://jawaaf.com/storage/01K074KAQMENXVSDD4H11RJMB2.jpg

मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोटमा तोडफोड गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएको सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो ।

सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालीकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् ।

सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर जुपिथाका ६/७ जना परिचित युवाको समूहले तोडफोड गरेको बताए ।

उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरी दिएको छ ।’

सवारी चालक हितानले सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथि समेत हातपात भएको बताए ।

‘कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलब्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा गाडीको भाइजरसमेत फुटेको छ,’उनले भने ।

कालीकोट जुपिथाका ५/६ जना युवालाई कालीकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png