एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिवार) पनि बस्ने भएको छ । हिजो (शुक्रवार) बाट जारी बैठक आज पनि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा सुरु हुनेछ । हिजोको बैठकमा समसामयिक राजनीतिक परिस्थितिसँगै पार्टीको विधायन महाधिवेशनको तयारीको सन्दर्भमा छलफल भएको थियो ।
साथै, बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरूको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए भने अन्य सदस्यहरूले पनि आफ्ना धारणा राखेका थिए ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।
सम्बन्धित खबर