बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०३ साउन २०८२

सशस्त्र प्रहरी बल न.४ गण सुनसरीद्वारा ६ करोड भन्दा बढी मूल्यका भन्सार छली सामान बरामद

https://jawaaf.com/storage/01K0H432BHR5VK1D2FEB5M2EJ8.jpeg

धरान । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा रु.६ करोड ९० लाख ३ सय ९२ बराबरको भन्सार छली तथा बिलबिजक नभएका अवैध सामान बरामद गरेको जनाएको छ ।  

गण अन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले सो अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लिखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.४ गण का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 

भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्रीहरू सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए । त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ भरिमा मात्र रु.१८ लाख ७५ हजार १३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरि राजस्व कार्यालय इटहरीमा बुझाइएको  छ ।   साथै, भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न ६४ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बलले पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाएको छ । सीमामा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल पूर्ण सतर्क अवस्थामा रहेको जनाउँदै, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजंग थापाले संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए।  

उनले स्थानीय समुदायसँगको सहकार्य गरि थप मजबुत बनाउँदै, स्रोत, साधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइने जानकारी दिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png