बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०४ साउन २०८२

उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना ःमृत्यु हुनेको संख्या ३८ पुग्यो

https://jawaaf.com/storage/01K0K5PCN52VF7Z4382PQRRAJB.jpg

काठमाडौं । उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।

क्वाङ निन्ह प्रान्तका स्थानीय अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरेका थिए । अहिलेसम्म १२ जनालाई जिवितै उद्धार गरिएको छ भने खोज र उद्धार प्रयास जारी रहेको छ । (सीसीटिभि)

सम्बन्धित खबर

/frontend/images/redline.png