गैरकानुनी रूपमा विदेश जानेहरूका कारण बढी समस्या: मन्त्री साह
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले गैरकानुनी रूपमा विदेश जानेहरूकै कारण बढी समस्या उत्पन्न भएको बताएका छन्।
मंगलबार सिंहदरबारमा आयोजित वैदेशिक रोजगारीमा रहेका महिलाका विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले गैरकानुनी तरिकाबाट वैदेशिक रोजगारमा जाने महिलाहरू नै सबैभन्दा धेरै समस्यामा पर्ने गरेको स्पष्ट पारे।
"यो समस्या केवल कानुनी मात्र होइन, सामाजिक उपचारको पनि खाँचो छ," मन्त्री साहले भने, "हामीले मन्त्रालयबाट धेरै उद्धारका कामहरू गरिसकेका छौं र अझै पनि त्यसतर्फ गम्भीर ध्यान दिइरहेका छौं।"
उनले वैदेशिक रोजगारीमा देखिएका समस्याका दीर्घकालीन समाधानका लागि सम्बन्धित विधेयकहरू संसदमा प्रक्रियामा रहेको जानकारी पनि दिए। "संसदमा विधेयकहरू पास भएपछि चाँडै समस्याको स्थायी समाधान सम्भव हुनेछ," उनले विश्वास व्यक्त गरे।
सम्बन्धित खबर