बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०७ साउन २०८२

सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

https://jawaaf.com/storage/01K0VDMN9X3TZX48Q54E9GFFWJ.jpg

रौतहट । रौतहटमा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जना कृषकको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० बर्षीय रामबाबु मुखियाँ र कटहरिया नगरपालिका–२ जमुनियाका ५२ बर्षीय मोक्तार देवानको मृत्यु भएको हो ।

धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

धान रोपाइँका लागि खेतमा सिंचाई गर्ने विद्युतीय मोटर जडानका बेलामा करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा दुई जना कृषकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए । 

यहा आकाशे बर्षा नहुदा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गरि अधिकाश कृषकले धान रोपाइँ गरेका छन । तर असावधानीका कारण करेन्ट लागेर ज्यान जाने गरेको डीएसपी कार्कीको भनाइ छ । करेन्ट लागेर अचेत भएका दुबै जनालाई स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

देवानको गए राति करेन्ट लागेको र गरुडामा रहेको ग्रान्डी अस्पतालमा मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ । खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको मुखियाको भने प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png