बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, २३ साउन २०८२

पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

https://jawaaf.com/storage/01K24CVRX3NTSBFFBVB54NGGZ0.jpg

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ ।  खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । 

 उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन् । उनका अनुसार एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउलिफ्टको झोलामा राखेर उपचार भइरहेको छ । खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने उनी बताउँछन् । 

उनले भने,‘काउ लिफ्टिङझोलामा मेसिन पनि हुन्छ । यो गाई विरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो । पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो । यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो । उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरूलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौं । जबसम्म यसले खुट्टा टेक्न सक्दैन् तबसम्म झोलामै राख्छौँ ।’

त्यस्तै उनले भुईमा हुँदा धेरै गुम्सने, घाऊहरू हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न संक्रमणबाट समेत बचाउन सकिने धारणा राखे । 

झोलामा झुन्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाइ नभई यताउता सर्न,घाँस खान र बस्न सहज हुने उनले बताए । 

‘यसरी राख्दा झोला सारेर नै यता उता गर्नसक्ने, घाँस, खोले खाने पनि गर्दछ । यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्थापनि सुधार हुँदै गएको छ । बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने । 

सम्बन्धित खबर

/frontend/images/redline.png