बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २४ साउन २०८२

रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने

https://jawaaf.com/storage/01K26AGMY7BSG92V8DGTCXPTDX.jpeg

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो 

आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुने छ। कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png