बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २६ साउन २०८२

पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमीमा तालिम लिएका सुरेन्द्र राई भारतको एनएसजीमा

https://jawaaf.com/storage/01K2BX930691QNBGH3TWQAGZMJ.jpg

धरान । पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमी धरानका पूर्व विद्यार्थी सुरेन्द्र राई भारतको विशेष सुरक्षा अङ्ग ‘नेशनल सेक्युरिटी गार्ड’ (एनएसजी) मा चयन भएका छन् । नेपाली गोर्खाली कमै मात्र पुग्ने यो प्रतिष्ठित बलमा राई  प्रवेश गर्न सफल भएका हुन् ।

राईले २०६८ सालमा एकेडेमीको तयारी कार्यक्रम पूरा गरी फागुनमा धरानस्थित फुस्रे भर्ती र्‍यालीमार्फत भारतीय सेनामा प्रवेश गरेका थिए । बेसिक तालिम सकेको केही वर्षमा नै उनले अमेरिका लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौड प्रतियोगिताहरूमा भारतीय सेनाको प्रतिनिधित्व गरेका छन् ।

एनएसजीमा चयन भएपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “मेरो लागि कुनै पनि कुरा असम्भव छैन । यो उपलब्धिको पछाडि कडा मेहनत नै मुख्य कारण हो ।” राईले अनुशासन र मेहनत गर्न सिकाएको भन्दै पाथीभरा प्रि–आर्मी ट्रेनिङ एकेडेमीलाई धन्यवाद दिएका छन् ।

एनएसजी भारतको प्रमुख आतंकवाद विरोधी बल हो । ‘ब्याल्याक क्याट’ भनेर परिचित यो विशेष बल आतंकवाद विरोधी अभियान, बन्धक उद्धार तथा महत्त्वपूर्ण राष्ट्रिय सम्पत्तिको सुरक्षामा खटिन्छ । संघीय आकस्मिक बलका रूपमा असाधारण परिस्थितिमा मात्र यसको प्रयोग हुन्छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png