बुधबार, १० असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ३० साउन २०८२

जनताको श्रमबाट विकास गरेँ, सबै रिसाए ! : मेयर साम्पाङको गुनासो

https://jawaaf.com/storage/01K2P2J5FBBC7MFXPJXQCK38HH.jpg

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्ना कामकारबाहीका कारण विभिन्न समूहहरू आफूमाथि रिसाएको भन्दै  गुनासो गरेका छन्।

श्रमदान, पारदर्शिता र आत्मनिर्भरतामूलक विकास अभियान चलाउँदै आएका साम्पाङले आफू जनताको हितमा काम गर्दा उल्टै विभिन्न समूहहरूको आलोचनाको शिकार हुनुपरेको बताएका छन् । 

साम्पाङले भनेका छन्, “म सङ्ग को को रिसाए? श्रमदानबाटै विकास गरें  (ठेकेदार रिसाए) । भ्रष्टाचार गर दिइनँ  (भ्रष्टाचारीहरू रिसाए) । खानेपानी आपूर्ति गरें (पानी व्यवसायी ट्याङ्करवाला रिसाए) । मान्छेलाई रक्सी छोडाएँ  (रक्सी दोकाने रिसाए) । मान्छेलाई मितव्ययी बन्न सिकाएँ  (व्यापारी रिसाए) । मान्छेलाई स्वास्थ्य बनाएँ  (डाक्टर र औषधि पसले रिसाए) । विदेशी ऋण लिनु हुन्न भनें (सबै रिसाए) ।” 

साम्पाङले मेयर पद सम्हालेदेखि नै धरानलाई जनसहभागितामूलक  तरिकाले विकास गर्ने अठोट लिएका छन् । उनले ठेकेदार प्रणालीलाई सशंकाको नजरले हेर्दै अधिकांश योजनामा श्रमदानमार्फत काम गरिरहेका छन् । 

समर्थकहरूले साम्पाङको पारदर्शिता र संघर्षशीलताको प्रशंसा गर्छन्  भने आलोचकहरूले यस्ता अभिव्यक्तिलाई “लोकप्रियताका लागि गरिएको स्टन्ट” भन्ने गरेकाछन् ।  

सम्बन्धित खबर

/frontend/images/redline.png