मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ३० साउन २०८२

टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित

https://jawaaf.com/storage/01K2PXENX9R9FTX2615TRFS7RE.jpg

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।  

नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो ।  नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।  

यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र रुपेश सिंहले समान एक विकेट लिएका थिए  ।  दोस्रो खेल नेपालले भोलि शनिबार बंगलादेश एसँग खेल्नेछ ।  

सम्बन्धित खबर

/frontend/images/redline.png