मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ३१ साउन २०८२

धरानमा अन्तर संकाय फुटसल प्रतियोगिता सम्पन्न, बीआईटी विजेता

https://jawaaf.com/storage/01K2TV4P23ZQ36D5BD930KR49D.jpg

धरान । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन केन्द्रीय प्रविधि क्याम्पस धरान समितिको आयोजनामा अन्तर संकाय पुरुष फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार धरान–१० स्थित धरान फुटसलमा सम्पन्न प्रतियोगितामा सात टोलीको सहभागिता रहेको थियो। फाइनल खेलमा बीआईटीले बीएससी फिजिक्सलाई पराजित गर्दै उपाधि हात पार्‍यो ।

विजेता टोलीले नगद ५ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बनेको बीएससी फिजिक्सले नगद ३ हजार ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगततर्फ हाई स्कोररको उपाधि निजल तामाङले प्राप्त गरे भने उत्कृष्ट गोलकिपर (बेस्ट किपर) टान्छोहाङ लिम्बु घोषित भए ।

समाजवादी विद्यार्थी युनियन प्रदेश–१ का अध्यक्ष चन्द्र किरातीको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा जसपा सुनसरीका सहसचिव तथा जिल्ला विद्यार्थी इन्चार्ज सुमन राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सहसचिव रणजित राई, सदस्य कौसिला चोम्जोङ, विद्यार्थी युनियन प्रदेश–१ का उपाध्यक्ष मदन हाङ्खिम, मुख्य सचिव तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका निवर्तमान सभापति युवराज राई ‘अलौकिक’, सोनाम तामाङ लगायतको उपस्थिति थियो।

त्यस्तै धरान–१४ का वडा सदस्य कमल भट्टराई, केन्द्रीय प्रविधि क्याम्पस स्ववियु कोषाध्यक्ष नाम्साङ राई, स्ववियु सदस्य राजकुमार कथेत र नेवि संघ इकाइ सभापति रितेश श्रेष्ठ पनि अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रम समाजवादी विद्यार्थी युनियन केन्द्रीय प्रविधि क्याम्पस इकाई समिति अध्यक्ष संम्योगिता राईको संयोजकत्वमा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष आभास थापाले शुभकामना मन्तव्य दिएका थिए भने सचिव अविनास ठाकुरले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png