मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०४ भदौ २०८२

जनकपुरधाममा जसपा नेपालको विरोध प्रदर्शन, उपेन्द्र यादवमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाएको आरोप

https://jawaaf.com/storage/01K33W7KEPWJ6VNZPNJ4AD6F8F.jpg

जनकपुर । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी, नेता तथा कार्यकर्ताहरूले मंगलबार जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले “ओली सरकार मुर्दावाद, झुटो मुद्दा खारेज गर, गौर हत्याकाण्डका योजनाकार प्रभु साहलाई कारबाही गर” जस्ता नारा लगाएका थिए ।

विरोधसभामा जसपा नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेश सभा सदस्य रामअशिष यादवले सरकारमाथि षड्यन्त्रपूर्वक पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको आरोप लगाए । उनले भने, “जनता विरोधी भूमि अध्यादेशको पक्षमा समर्थन नगरेपछि ओली सरकारले उपेन्द्र यादवलाई गौर हत्याकाण्डमा फसाउने खेल खेलेको छ ।”

उनका अनुसार अध्यक्ष यादवले पिछडिएका वर्गको अधिकारका लागि आवाज उठाउँदा सरकार उनलाई समाप्त गर्ने योजनामा लागेको छ । साथै, सरकार उपेन्द्र यादवविरुद्धको मुद्दा फिर्ता नलिए पार्टी अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

यसैबीच, गौर घटनाको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमवार परमादेश दिएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रम स्थल विवाद हुँदा भएको झडपमा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png