बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २५ चैत २०८०

पाँचौँ मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपालीलाई

https://jawaaf.com/storage/01HTVTDMD8TRJCMANFWF2D1B52.jpg

 चैत २५ धरान । पाँचौँ मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेसका विनोद कुमार नेपालीले जित्नुभएको छ । स्वस्थ जीवन, सुन्दर भविष्य हरेक युवाको सपना, नियमित व्यायाम, स्वच्छ समाज, एलाईनेट जिमको चाहाना" भन्ने नारा सहित ´´ धरानमा सम्पन्न भएको प्रतियोगिताको ओभरअल राउन्डमा प्रथम हुँदै  विनोद कुमार नेपालीले उपाधि जित्नुभएको हो ।


उहाँ ६५ केजी तौल समूहमा प्रथम हुँदै उपाधिको लागि ओभरअल राउन्डमा भिड्नुभएको थियो। विजेता नेपालीले नगद १ लाख १५ हजार, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नुभयो  । प्रतियोगितामा ६० केजी तौल समूहका धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान दोस्रो, ७० केजी तौल समूहको न्युट्री हब फिटनेसका प्रदीप महतो तेस्रो,  ७५ केजी तौल समूहका एनिटाइम फिटनेसका उमेश राई चौथो र झुनाज फिटनेस धरानका  ५५ केजी तौल समूहको उत्सव लिम्बु पाँचौँ हुनुभयो । उहाँहरूले क्रमशः नगद ५० हजार र ४० हजार, ३० हजार,  २० हजार, मेडल र प्रमाणपत्र  प्राप्त गर्नुभयो ।

 

यस्तै, प्रतियोगितामा मोस्ट मस्कुलरको पुरस्कार फ्लेक्स फिटनेस केराबारीका डेबिट राई, बेष्ट पोजरको पुरस्कार धरान फिटनेसका लक्ष्मी मोक्तान, बेष्ट इम्प्रुभमेन्टको पुरस्कार भिजन फिटनेसका विनोद कुमार नेपाली र  वेष्ट टिमको पुरस्कार भिजन फिटनेसले पाएको छ ।

 

विजेता खेलाडीहरूलाई आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, प्रमुख अतिथि एवं कोशी प्रदेशसभाका सांसद विजय राई, वडा नं १ का अध्यक्ष यज्ञमणी आचार्य, वडा ८ का अध्यक्ष धनबहादुर राई, वडा १० का अध्यक्ष विवेक राई, नेपाल प्रहरीका एसपी भीम दाहाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png