मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०७ भदौ २०८२

भियतनामका उपराष्ट्रपति नेपाल आउँदै

https://jawaaf.com/storage/01K3AW0AJ9M4TT67FM18ARWBHR.jpeg

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म रहने छन् । 

उनले भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले २४ अगस्ट २०२५ मा काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । 

यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ ।

उपराष्ट्रपति सुआन २५ अगस्ट २०२५ मा काठमाडौंबाट हनोई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png