मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ११ भदौ २०८२

सुटकेस शव : पक्राउ परेका पासवान अस्पताल भर्ना

https://jawaaf.com/storage/01K3N507BGFEE568TZK7DS56QK.jpg

रौतहट । रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी  साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले  लक्ष्मण पासवानले आज बिहान पक्राउ गरेको हो । प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए । उनका अनुसार  आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ । 

यसअघि प्रहरीले रुबीको शवलाई ई–रिक्सामा राखी उक्त सडक खण्डसम्म पु¥याएको आरोपमा रिक्सा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ । 

गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा पासवानको नै मुख्य संलग्नताको प्रहरी अनुसन्धानमा खुलेको थियो । 

पक्राउ परेका पासवानले आफ्ना हातमा "My Heart Rubi Kumari" लेखी टैटू बनाएको र छातीमा समेत रुबिको फोटो सहितको टैटू बनाएको पाइएको छ।  यस विषयमा थप अनुसन्धान भैइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png