बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २३ भदौ २०८२

स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

https://jawaaf.com/storage/01K4MZKF7KDGQH87GJR5WR7QXD.jpeg

काठमाडौँ । चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो । 

विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।

जेन जीले गरेको आन्दोलनका कारण देशैभर तनावग्रस्त अवस्था भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले  परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्थगित गरिएका परीक्षाहरू २, ४ र ५ असोजमा तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png