आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बुधबार, ०२ जेठ २०८१

ओलम्पिक तयारीका लागि प्रिन्स दाहाललाई खेल सामग्री

https://jawaaf.com/storage/01HXY2JMD4PZ5MJRK7ZD9TVQBA.jpg

काठमाडौँ  I राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई खेल सामग्री प्रदान गरेको छ राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा दाहाललाई खेल सामग्री हस्तान्तरण गरे । दाहाललाई याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरिएको हो ।     
     
सदस्य–सचिव घिसिङले खेल सामग्री प्रदान गर्नुअघि सो सामग्री गुणस्तरीय भए नभएको बारेमा दाहालसँग सल्लाह गरेका थिए । ब्याडमिन्टन खेलाडी दाहाल केही दिनअघि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । गृष्मकालीन ओलम्पिकका लागि पहिलो पटक नेपाली ब्याडमिन्टन खेलाडीका रुपमा उनी सहभागी हुन लागेका हुन् ।     
 

सम्बन्धित खबर

/frontend/images/redline.png