बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०३ जेठ २०८१

मोरङको बेलबारी नगरपालिका ११ का बेपत्ता शमशेर कटुवाल दुई दशकमा घर फर्किए

https://jawaaf.com/storage/01HY0DHT55CGD3VBSMW70TV7HG.jpg

बेलबारी (मोरङ) I दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उहाँको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता हुनुभएको थियो । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भन्नुभयो ।     
     
शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भन्नुभयो । यसबीचमा परिवारको साथ नपाएपछि उहाँ माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आउनुभएको छ ।     
     
शमशेरबहादुर बोल्न सक्नुहुन्न । उहाँ घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।     
     
बिरामी भएपछि कटुवाल सम्पर्कमा आउनुभएको हो । धेरै मेहनतपछि उहाँलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताउनुभयो । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।     

सम्बन्धित खबर

/frontend/images/redline.png