सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
काठमाडौँ । सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघिबढाउने भएको छ । बुधवार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुरथिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकीछिन् ।
‘नेपाल राष्ट्र बैँकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन ।
नेपाल संवत् लाई नेपाली नोटमा समावेश गराइने शंखधरलाई वि. सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत् लाई राष्ट्रिय संवत् घोषणा गरिएका थियो । प्रधानमन्त्री कार्कीले साःख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिल्ने बताइन् ।
‘आज भन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवत् को शुभारम्भको आधार हो,’ उनले भनिन ।
सम्बन्धित खबर