सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ११ मंसिर २०८२

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

https://jawaaf.com/storage/01KB1F3SK27F5HZFFQ6Y17BJV6.jpeg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको  बुधबारको खेलमा विराटनगर किङ्सको हार भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो । 

सम्बन्धित खबर

/frontend/images/redline.png