बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २० मंसिर २०८२

आर्थिक विपन्नताका कारण नेपालीले दुःख भोगिरहेका छन् : मन्त्री पुन

https://jawaaf.com/storage/01KBSP7E62PBB3SSX57JWK677Q.jpg

काठमाडौँ  ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नतालाई नेपालमा निरन्तर भइरहेका समस्याहरूको मुख्य कारणका रूपमा बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक कमजोरीकै कारण रोजगारी सिर्जना, सडक निर्माण, अस्पताल–विद्यालयको निर्माण तथा सञ्चालनमा कठिनाइ आइरहेको बताए।

मन्त्री पुनले भने, “आर्थिक विपन्नताले गर्दा देश विकास हुन सकेको छैन। रोजगारी छैन, बाटो–घाटो राम्रो बन्दै छैन, अस्पताल–विद्यालयको अवस्था कमजोर छ। यसै आर्थिक अभावका कारण नेपालीले धेरै दुःख पाएका हुन्  । आर्थिक विपन्नतालाई सम्पन्नतामा रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बुझ्न इतिहास पनि हेर्नुपर्छ ।”

उनका अनुसार, नेपालमा कुनै पनि काम अघि बढाउन खोज्दा ‘पैसा छैन’ भन्ने कुरा आफू मन्त्रालयमा प्रवेश गरेको पहिलो दिनदेखि नै देखिएको छ। यो समस्या आजको मात्र नभई धेरै पहिलेदेखि चल्दै आएको उनले स्पष्ट पारे ।

मन्त्री पुनले नेपालीहरूले भोगेको कठिनाइ केवल आर्थिक मात्र नभई समाजकै कार्यशैली र सोचसँग पनि जोडिएको बताए  ।
उनले भने,“कुनै-कुनै नेपालीले सुख पाएका होलान्, तर अधिकांश नेपालीले दुःख पाएका छन्। त्यसमा हाम्रो आफ्नै भूमिका पनि छ। नेपालीको ढंग नपुगेर समस्या भएको हो । यो कुनै एक व्यक्तिको होइन, सम्पूर्ण समाजको ढंग सुध्रिनुपर्ने कुरा हो ।”

मन्त्री पुनले नेपालमा विज्ञान र प्रविधिको विकास पर्याप्त नहुँदा देशका प्रतिभाहरू विदेशीन बाध्य भएको बताए । उनका अनुसार, “अर्थतन्त्र प्रविधिसँग प्रत्यक्ष जोडिएको हुन्छ। प्रविधिको पर्याप्त विकास नहुँदा अर्थतन्त्र पनि अघि बढ्न सकेको छैन ।”

मन्त्री पुनले आर्थिक विपन्नता समाधान गर्न शिक्षा, विज्ञान, प्रविधि र व्यवस्थापनमा सुधार अनिवार्य रहेको पनि बताए ।

भिडियो लिङ्क :

सम्बन्धित खबर

/frontend/images/redline.png