बिहिबार, ०१ माघ २०८२

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०६ पुस २०८२

साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई

https://jawaaf.com/storage/01KCZB3S92HTFJWNRSH7M4ED3V.jpg

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो ।

हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरेकी थिइन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।

कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले अवसर पायो । जसलाई कप्तान फजिलाले सदुपयोग गर्दै गोल गर्न सफल भएकी हुन् ।

त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् ।

खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो ।

गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच वटा देशहरुको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।

सम्बन्धित खबर

/frontend/images/redline.png